काठमाडौं, २१ फागुन । आठ दलिय गठबन्धनका राष्ट्रपतिको साझा उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जिताउने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम स्थगित भएको छ । राष्ट्रपतिमा पौडेललाई मत दिन र पुरानो गठबन्धन जगाउनुको कारणबारे जानकारी दिन आगामी फागुन २४ गते सांसदहरुको संयुक्त भेला आयोजना गरिएको थियो ।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले लागु गरेको आचारसंहिताका कारण भेला रोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आठ दलहरुले संघीय र प्रदेश सांसदहरुको संयुक्त भेला बोलाएका थिए ।