जुवा खेल्ने १७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

जुवा खेल्ने १७ जना पक्राउ

ललितपुर, २१ फागुन । जुवातास खेलिरहेको अवस्थामा दुई स्थानबाट १७ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१४ थसिखेलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१४ नख्खिपोट बस्ने ५० वर्षीया कान्छीमाया तामाङ समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार १५ रूपैयाँ र ९ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, जानकी गाउँपालिका–३ भगतपुरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ दुर्गौली बस्ने ४९ वर्षीय चन्द्रभान बमलगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ३ सय ३५ रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);