ट्विंकलले प्रियंकासँग अक्षय कुमारको प्रेम सम्बन्ध थाहा पाएपछि... | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

ट्विंकलले प्रियंकासँग अक्षय कुमारको प्रेम सम्बन्ध थाहा पाएपछि…

एजेन्सी । अक्षय कुमार बलिउडमा ‘खिलाडी कुमार’ को नामले पनि चर्चित छन् । अक्षयले आफ्नो करियरमा धेरै सुपरहिट फिल्ममा काम गरेका छन् । फिल्म ‘सौगन्ध’ बाट मुख्य नायकको रुपमा डेब्यु गरेका अक्षयले फिल्म ‘खिलाडिंयो का खिलाड़ी’बाट वास्तविक पहिचान पाएका हुन् ।

अक्षय कुमार आफ्नो प्रोफेशनल लाइफलाई लिएर जति चर्चामा थिए, त्यति नै उनको पर्सनल लाइफ पनि हेडलाइनमा रह्यो । अक्षयकुमारको नाम धेरै बलिउड अभिनेत्रीहरूसँग जोडिएको छ जसमा रविना टन्डन, शिल्पा शेट्टी र रेखाको नाम समावेश छ। मिडिया रिपोर्टका अनुसार एक पटक अक्षय कुमार पनि ‘देसी गर्ल’ प्रियंका चोपडाको प्रेममा पक्राउ परेका थिए ।

फिल्म ‘अंदाज’ मा काम गर्ने क्रममा अक्षय कुमार प्रियंका चोपडासँग प्रेममा परेका थिए । मिस वर्ल्ड बनेपछि प्रियंका चोपडाको यो पहिलो हिन्दी फिल्म थियो । यो फिल्ममा काम गर्दागर्दै यी दुईबीचको निकटता बढ्न थाल्यो । यसपछि उनीहरु दुवै सन् २००४ मा आएको फिल्म ‘ऐतबार’ मा पनि देखिएका थिए जसमा उनीहरुको सिजलिङ केमेस्ट्रीलाई मानिसहरुले मन पराएका थिए । यस फिल्मपछि प्रियंका र अक्षयको प्रेम सम्बन्धको हल्ला चल्न थाल्यो । जब यो खबर ट्विंकललाई पुग्यो, घरमा निकै हंगामा मच्चियो । ट्विंकलले अक्षयलाई प्रियंकासँग अब कहिल्यै काम नगर्ने वाचा गराइन् ।

प्रियंका र अक्षय पछिल्लो पटक सन् २००५ मा फिल्म ‘वक्तः रेस अगेन्स्ट टाइम’ मा सँगै देखिएका थिए । प्रियंका चोपडासँग फेरि मौका पाए भने उनीसँग स्क्रिन सेयर गर्न चाहेको बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);