भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यकः गणेशप्रसाद तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यकः गणेशप्रसाद तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक रहेको बताउनु भएको छ ।

संसदमा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमती गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । भ्रष्ट्राचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले २०४६ सालयताका भ्रष्टहरुलाई छानवीन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमतीनै गरेर अघि बढनुपर्ने बताउनु भयो । भ्रष्टहरुलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिवद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उहाँले भनाई थियो । अध्यक्ष तिमिल्सिनाले भन्नु भयो, ‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा एउटा राष्टिय सहमती आज आवश्यक छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरु, पदाधिकारीहरु, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरुबीच एउटा राष्ट्रिय सहमती गरौन । त्यो सहमती भनेको भ्रष्टाचार नियन्त्रण्या गर्ने । भ्रष्टाचारलाई कारबाही गर्ने । कारबाही गर्नका लागि अहिले एउटा राष्ट्रिय सहमती बनाऔं । त्यो हुँदा आजका दिनसम्म बहुदल आएयता आजसम्म जे–जे विषयमा चाहे
त्यो विमान खरिदमा होस् । नियुक्ती गर्दा होस् । जग्गाका कुरा होलान । के होलान । ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानवीन गरौं । म, हामी जो परेपनि जेल जानेसम्मको कारबाही गर्न सकिन्छ भन्न सकिन्छ हामीले । त्यो सहमती पो राष्ट्रिय सहमती हो । जनताको लागि गरिएको सहमती हो । सुशासनका लागि गरिएको सहमती हो ।’

अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरुलाई सशक्त बनाउनुपर्नेमा पनि जोड दिनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);