शिक्षकको कुटाइबाट कानको जाली फुट्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

शिक्षकको कुटाइबाट कानको जाली फुट्यो

काठमाडौं, १९ फागुन । तनहुँमा शिक्षकको कुटाइबाट एकजना विद्यार्थीको कानको जाली फुटेको छ । व्यास नगरपालिका–१ स्थित गल्बुबेंसीस्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको हो ।

मादी श्री आवासीय माध्यमिक विद्यालयका शिक्षक मनोज राउतले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय रोनिश पराजुलीलाई विद्यार्थीको कानको जाली नै फुट्ने गरी कुटेका हुन् । बालकको देब्रे कानको जाली फुटेर दुई वटा प्वाल परेको र कानभित्र रगत जम्न पुगेको जनाईएको छ ।

बालकको परिवारले कुट्ने शिक्षकमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);