औषधिको अवैध कारोबारमा संलग्न व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

औषधिको अवैध कारोबारमा संलग्न व्यक्ति पक्राउ

भक्तपुर । औषधि पसल दर्ता नगरी औषधिको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा रौतहट देवाहिबोनाही नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ निकोशेरास्थित औषधि पसल संचालन गरी बस्ने २७ वर्षीय अरूण कुमार शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध प्रयोगकर्ताले विकल्पको रूपमा प्रयोग गर्ने गरेको विभिन्न औषधिहरू अवैध रूपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका–५ निकोसेरास्थित दर्ता नगरेको औषधि पसल खोली संचालन गर्ने उनलाई विभिन्न औषधिसहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि औषधि विभाग काठमाडौं पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);