एक वर्षपछि जेलमुक्त भएका पलले भने– म महाविश्वविद्यालयबाट कोर्श गरेर आए, धेरै राम्रो कुरा सिकेको छु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एक वर्षपछि जेलमुक्त भएका पलले भने– म महाविश्वविद्यालयबाट कोर्श गरेर आए, धेरै राम्रो कुरा सिकेको छु

काठमाडौं । अभिनेत पल शाहले आफु महाविश्वविद्यालयबाट कोर्श गरेर आएको बताएका छन् ।

तनँहु जिल्ला कारागारबाट सोमबार रिहा भएका शाह आज काठमाडौं आइपुगेका हुन् । एक वर्षको जेल बसाई पछि आज काठमाडौंमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले आफ्नो जेल बसाई सुखमय रहेको समेत बताएका छन् ।

‘म ठूलो महाविश्वविद्यालयमा थिए । म त्यहाँ कोर्श गरेर आएको छु । अन्य कुरा भने पछि भन्ने छु । म त्यहाँ सुखमय तरिकाले बसेको थिए । बसाई राम्रो भयो । राम्रो राम्रो ज्ञान सिकेर आएको छु,’ शाहले भने ।

आइतबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गरेको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);