मोबाइल चार्जमा राखेर बोल्दा वृद्धको ज्यान टुक्राटुक्रा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

मोबाइल चार्जमा राखेर बोल्दा वृद्धको ज्यान टुक्राटुक्रा

एजेन्सी । भारतको उज्जैनबाट ४० किलोमिटर टाढा बडनगरमा सोमबार एउटा हृदयविदारक घटना भएको छ । डाइभर्सन सडकमा बस्ने ६८ वर्षीय दयाराम बडोद घरमा चार्ज भएको मोबाइलमा कुरा गरिरहेका थिए । यसैबीच त्यसमा विष्फोट हुँदा वृद्धको टाउकोदेखि छातीसम्म टुक्रा टुक्रा भएको भारतीय समाचार माध्यम दैनिक भाष्करले जनाएको छ ।

घटनास्थलबाट कुनै विष्फोटक पदार्थ फेला परेको छैन । ओप्पो कम्पनीको एउटा फोन नराम्ररी बिग्रिएको भेटिएको छ । प्रहरीले मोबाइलका टुक्रा बरामद गरी अनुसन्धानका लागि पठाएको छ । चार्जिङ अवस्थामा मोवाइलमा कुरा गरिरहेको हुनसक्ने आशंका गरिएको थियो, त्यही क्रममा उनी मोबाइल विस्फोटको चपेटामा परेको हुनसक्छ ।

गामीको कार्यक्रममा दयाराम आफ्ना साथी दिनेश चावडासँग सोमबार इन्दौर जान लागेका थिए। दिनेश रेलवे स्टेशन पुगे र उनको लागि इन्दौर जाने टिकट लिए। धेरै बेर स्टेसन नपुगेपछि दिनेशले फोन गरे । फोन आउनेबित्तिकै मोबाइल स्वीच अफ भयो । यसपछि मोबाइल बन्द आइरहेको थियो । त्यसपछि दिनेश उनलाई हेर्न फार्म पुगे, त्यहाँको दृश्य देखेर उनी छक्क परे । उनले यसबारे प्रहरीलाई जानकारी दिए ।

प्रहरी घटनास्थल पुुग्दा वृद्धको घाँटीदेखि छातीसम्मको भाग र एउटा हात पूरै उडेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विस्फोट भएको खुलेको छ । घटनास्थलमा ओपो कम्पनीको मोबाइल टुक्राटुक्रा अवस्थामा भेटिएको थियो । पावर पोइन्ट पनि पूर्णरुपमा जलेको छ । घटनास्थलमा अन्य कुनै विस्फोटक वा ज्वलनशील पदार्थ पनि फेला परेन। ती वृद्ध खेतीपाती गर्थे । श्रीमतीको मृत्यु भएपछि छोराछोरीसँग सम्पर्क गर्न नसकेपछि उनी फार्ममा बनेको कोठामा एक्लै बस्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);