६३ वर्षको उमेरमा सञ्जय दत्त कडा कसरत गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८१, शनिबार

६३ वर्षको उमेरमा सञ्जय दत्त कडा कसरत गर्दै

एजेन्सी । बलिउडमा उत्कृष्ट अभिनयका साथै ६३ वर्षीय सञ्जय दत्त आफ्नो फिटनेसलाई लिएर पनि चर्चामा छन् । यसैबीच सञ्जु बाबाले सामाजिक सञ्जालमा आफ्नो एउटा वर्कआउट भिडियो सेयर गरेका छन्, जसमा उनी तीव्र कसरत गरिरहेको देखिएका छन् । यो भिडियो हेरेर फ्यानहरु निकै खुसी भएका छन् ।

यस भिडियोमा सञ्जय कालो कालो जिम पहिरनमा कसरत गरिरहेको देखिन्छ । यस क्रममा उनका प्रशिक्षक गुरुसँग देखिन्छन् । भिडियो सेयर गर्दै उनले क्याप्शनमा लेखेका छन्, ‘स्ट्रोन्जर हरेक दिन’, ‘ह्यासट्याग ड्याट्स द वे’। अहिले सञ्जु बाबाको यो भिडियो हेरेर उनका फ्यानहरु निकै प्रेरित भइरहेका छन् र बाबाको तारिफ पनि गरिरहेका छन् । यो भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘उहाँले प्रमाणित गरिदिनुभएको छ कि उमेर एउटा संख्या मात्र हो’, अर्का प्रयोगकर्ताले ‘लगे रहो मुन्ना भाइ’ लेखेका छन् । यी बाहेक बाबाको यो भिडियोमा धेरै प्रयोगकर्ताले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

सञ्जय दत्तको फिल्म मुन्नाभाई एमबीबीएस ३ यसै वर्ष रिलिज हुँदैछ । फिल्ममा सञ्जय दत्त र अर्शद वारसीको जोडी फेरि देखिने भएको छ । यसबाहेक सन्जु बाबा गत वर्ष सुपरहिट फिल्म केजीएफः च्याप्टर २ मा देखिएका थिए । यसबाहेक सञ्जयले रणवीर कपूर र वाणी कपूरको फिल्म शमशेरामा क्रुर सिंहको भूमिका निभाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);