काठमाडौं, १४ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ११ पैसा र विक्रिदर १३२ रुपैयाँ ७१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८५ पैसा र विक्रिदर १४० रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६३ पैसा र विक्रिदर ९० रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।