काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा स्व.महेन्द्र नारायण निधीको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले तत्कालीनज अवस्थामा नेपाली काँग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसकेपनि काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताउनु भयो । उहाँले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताउनु भयो ।
नेता निधीले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभइ लामो समयसम्म जारी रहने दाबी गर्नुभयो ।