ईमाउण्टेन । टाउको दुखाईको विभिन्न प्रकारमध्ये माइग्रेन पनि एउटा मुख्य प्रकार हो । विश्वको तेस्रो ठूलो समस्याको रुपमा रहेको माइग्रेनको समस्या नेपालीहरु माझ अझ बढेको छ । माइग्रेन टाउको दुख्ने रोग हो, जुन समयसमयमा दोहोरिरहन्छ । यो दुखाई प्रायः टाउकोको एक भागमा हुने गर्दछ ।
माइग्रेन जसलाई पनि हुन सक्छ, तर प्रायः पुरुषको तुलनामा यो रोग महिलामा बढी देखा पर्छ । नेपालमा सात वर्षको बालबालिका देखी साठी वर्षका वृद्धवृद्धामा समेत माइग्रेन्को समस्या रहेको पाइन्छ ।
माइग्रेनको दुखाई एकपटक सुरु भएपछि न्युनतम चार देखी ७२ घण्टा सम्म रहिरहन्छ ।
यो समस्या एकपटक भएमा जीवनभर रहिरहने हुदाँ यसलाई समयमै सावाधानी अपनाउनु जरुरी छ । अन्यथा, यो पिडादायीक हुन सक्छ ।
सामान्यतया माइग्रेन दुई प्रकारको हुन्छ ।
कमन माइग्रेन्ः यस प्रकारको माइग्रेन भएको व्यक्तिलाई लगातार टाउको मात्र दुख्ने गर्छ । टाउको दुख्नु अगाडि कुनै प्रकारको लक्षण देखा परेको हुदैँन ।
क्लासिक माइग्रेन्ः यस प्रकारको माइग्रेन् भएको व्यक्तिलाई टाउको दुख्नु अघि नै गम्भिर लक्षणहरु देखा पर्छन् । बत्तीको प्रकास, चहकिलो बत्तीको कारण धमिलो दृष्टि देखिने, लाइटमा बढी टाउको दुख्ने, मांसपेसीहरु दुख्ने जस्ता लक्षण देखा पर्छन् ।
कारणः
हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइ सकिएको छैन । तर यसलाई बंशानुगत रोगको रुपमा पनि लिन सकिन्छ । वैज्ञानिकहरुका अनुसार मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलन हुदाँ माइग्रेनको समस्या आउने, मस्तिष्कको कार्यमा परिवर्तन आउनाले रत्तफ्नली र मस्तिष्क वरिपरि नसाहरु सुनिने गरेको बताउछन् ।
· बढी मानसिक चिन्ता लिने
· चिया, कफी बढी पिउने
· चुरोट, रक्सीको बढी सेवन गर्ने
· गर्भनिरोधक चक्कीको सेवन गर्ने
· चर्को घाम, बत्तीको चहकिलो प्रकाश, आवाज, फूलको गन्ध, डियोड्रेन्ट तथा परफ्युमबाट निस्कने कडा गन्ध सहन नसक्ने
· बढी मात्रामा टाउको नदुख्ने औषधी को प्रयोगले माइग्रेन हुने सम्भावना बढी हुन्छ ।
लक्षणः
· टाउको एक भागमा मात्र दुख्ने र तर करिब एक तिहाई टाउकोको दुवै भागमा समेत हुन गर्दछ ।
· टाउको कहिले एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्दछ ।
· टाउको टनटनी दुख्ने, आँखाका गेडाहरु दुख्ने, निधार र घाँटी पनि दुख्ने गर्दछ ।
· वाकवाकि लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदि समेत सहन नसक्ने, हात–खुट्टा चिसो हुने आदि समेत हुनसक्छ ।
· चिड्चिडापन आउने, निन्द«ा लागेको जस्तो हुने, लगातार हाइहाइ आउने, एक्कासी भिजनमा परिर्वतन आउने आदि समेत हुन्छ ।
· टाउको दुखाई सकिएको करिब २४ घन्टासम्म बिरामीले थकान महसुस गर्ने र मन्द टाउको दुखाई भने भइरहेकै जस्तो महसुुस गर्ने गर्दछ ।
उपायः
माइग्रेनको कुनै निश्चित उपाय नभएता पनि हामी स्वयमले तल दिएको उपाय अपनाउन सक्छौँः
· माइग्रेन क्यापिफ्नले गर्दा बढ्ने भएकाले क्यापिफ्न पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चक्लेट कम मात्रामा खानु राम्रो हुनेछ,
· राति एउटै समयमा सुत्ने बानी बसाउने, करिब ८ घण्टा सुत्यो भने मस्तिष्कलाई आराम मिल्छ,
· ह्ट इर्मजन बाथ गर्ने, टाउकोलाई मसाज दिने, तातो र चिसो पानीमा खुट्टा डुबाउने, मानसिक तनाव नलिने,
· कागतीको बोक्रालाई पिसेर, यसको लेप निधारमा लगाउनाले पनि माइग्रेन ठीक हुन्छ ।
· खानपानमा मुख्य ध्यान दिनु पर्छ । फलफूल, हरियो सागसब्जी, सूप आदि खाने
· बिहान ब्याम गर्ने, ध्यान गर्ने र निरन्तर स्वास्थ्य जीवनशैली अपनाउनाले माइग्रेन कम हन्छ ।