प्रचण्डले राष्ट्रिय सहमतिको अडान नछाँडेपछि बालुवाटारबाट बाहिरिए ओली | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

प्रचण्डले राष्ट्रिय सहमतिको अडान नछाँडेपछि बालुवाटारबाट बाहिरिए ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसँगको २ घण्टाको छलफलपछि ओलीको बालुवाटारबाट बाहिरिएका हुन् ।

प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न पुगेका ओली कुरा नमिलेपछि बाहिरिएको बुझिएको छ । ओलीले पुस १० को सहमति कार्यान्वयन गर्न आग्रह गरेपनि प्रचण्डले भने राष्ट्रिय सहमतिको अडान कायमै राखेका थिए ।

ओली निक्लिए लगतै बालुवाटारमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रवेश गरेको बालुवाटार स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);