सुरक्षा निकायका कर्मचारीको कागजातबारे छानविन हुने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सुरक्षा निकायका कर्मचारीको कागजातबारे छानविन हुने

काठमाडौँ, १२ फागुन । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) अशोक सिंहको नागरिकता र शैक्षिक प्रमाणपत्रको घटना बाहिर आएसँगै सुरक्षा निकायमा जागिर खाएका अन्य कर्मचारीको कागजातमा समेत प्रश्न उठ्न थालेको छ । विवादमा प्रमाणपत्र विवादमा मुछिएसँगै सिंहले राजीनामा दिए । र उनको राजीनामा पनि स्वीकृत भइसकेको छ ।

अहिले सिंह लगायत अन्य प्रहरी अधिकारीको पनि नागरिकतामा उल्लेख भएका जन्म मितिका विवाद निस्किन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा निकायहरु प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको अभिलेख पठाउन प्रहरी, सशस्त्र र विभागको मुख्यालयमा पत्राचार गर्ने तयारी गरिहेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);