‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा ओलीको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको भन्दै त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा उहाँले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरी हिंसाको महिमामण्डन गर्नु प¥यो ? भनि प्रश्न गर्नु भयो । उहाँले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने भन्दै नेपाली जनतामा परस्परमा लडने/लडाउने कुरा कहिल्यै पनि स्विकार्य हुन नसक्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);