राजेन्द्र लिङदेनको दुर्गा प्रसाईप्रति आक्रोस किन ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

राजेन्द्र लिङदेनको दुर्गा प्रसाईप्रति आक्रोस किन ?

काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एक कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंविरुद्ध खनिए । पूर्वराजा ज्ञानेन्द्र शाहसँग पछिल्लो समय नजिकिएका प्रसाईलाई उनले ठगको संज्ञा दिए ।

इलाममा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै लिङदेनले आफ्ना नेता–कार्यकर्तासमेत प्रसाईंको लहैलहैमा लागेको भन्दै आक्रोससमेत व्यक्त गरे ।  लिङदेनले पाँच अर्बभन्दा बढी ऋण लिएर ब्याज र किस्ता नतिर्ने ‘बैंक ठग’का पछि आफ्ना कार्यकर्तालाई नलाग्न समेत भन्न भ्याए ।

“पाँच अर्बभन्दा बेसी ऋण लिएर, व्याज नतिरेर, किस्ता नतिरेर अहिले ८ अर्ब पुग्न आँटेको छ । त्यो मान्छेले अब बैंकको व्याज नतिर्ने र ऋण नतिर्ने भन्दा ताली बजाउने । अनि उसैले राजा ल्याइदिन्छ भनेर कुद्छन् ल, यस्तो पनि कार्यकर्ता ।”–उनले भने ।

गत फागुन १ गते नेपाल सरकारले जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिइरहँदा झापामा व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य प्रसाईले ज्ञानेन्द्र शाहको उपस्थितिमा हिन्दु राष्ट्रको संरक्षण गर्ने उद्देश्यका साथ स्थापना भएको मेची–महाकाली महाअभियानको उद्घाटन गरेका थिए । प्रसाईले महाभियानबाट राजतन्त्र फर्काउन राजपरिवारसँग नजिक भएको भन्ने पनि चर्चा सुरु भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);