हिउँको आँधीले अमेरिकामा १३ सय बढी उडान रद्द | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

हिउँको आँधीले अमेरिकामा १३ सय बढी उडान रद्द

वासिङ्टन, ११ फागुन । अमेरिकामा आएको हिउँ आँधीले उडानमा ठूलो असर पारेको छ । संयुक्त राज्य अमेरिकामा हिउँ आँधीका कारण बुधबार १३ सय भन्दा बढी उडानहरू रद्द भएका छन्। अमेरिकाको पश्चिमी र मध्य राज्यहरूमा भीषण हिम आँधीको प्रभाव सबैभन्दा बढी परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जानकारी अनुसार दिउँसो १२ः३० बजेसम्म संयुक्त राज्य अमेरिका भित्र र बाहिर जम्मा १ हजार ३ सय २७ उडान रद्द गरिएको छ । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार अमेरिकामा २ हजार ३० उडानहरू ढिलो भएका छन्। गत महिना पनि अमेरिकामा आएको हिम आँधीका कारण केही दिन उडान प्रभावित भएको थियो ।

संघीय उड्डयन प्रशासन (एफएए) ले मंगलबार खराब मौसमले यस हप्ता ग्रेट लेक्स र दक्षिणी मैदानहरूमा मिनेसोटा र अन्य राज्यहरूमा उडान ढिलाइ वा रद्द गर्न सक्ने जानकारी गराएको छ ।
प्रतिघण्टा दुई इन्चसम्म परेको हिउँ र कडा हावाले उत्तरी मैदान र माथिल्लो मध्यपश्चिमका केही भागहरूमा यात्राको अवस्थालाई खतरनाक र सम्भवतः असम्भव बनाउने राष्ट्रिय मौसम सेवाले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);