स्कटल्याण्डमाथि नेपालको कठिन जित, कप्तान रोहित बने नायक | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

स्कटल्याण्डमाथि नेपालको कठिन जित, कप्तान रोहित बने नायक

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ मा नेपालले स्कटल्याण्डमाथि कठिन जित निकालेको छ । खराब सुरुवात गरेको नेपाललाई कप्तान रोहित कुमार पौडेलले अन्तिमसम्म सम्हाल्दा नेपालले जित निकाल्न सफल भएको हो ।

किर्तिपुर स्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । स्कटल्याण्ड ४६औं ओभरमा अलआउट हुँदै नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको थियो । नेपालले ४४.१ ओभरमा ८ विकेटको नोक्शानीमा लक्ष्य पुरा गर्यो ।

नेपाललका लागि कप्तान रोहित कुमार पौडेलले अविजित रहँदै १०१ बलमा सर्वाधिक ९५ रनको योगदान दिए । साथै, करण केसीले अविजित रहँदै ३१ रन बनाए ।

ज्ञानेन्द्र मल्लले २१ रन बनाए । आसिफ सेखले १२ रन तथा कुशल मल्लले १७ रन जोडे । कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने र सोमपाल कामीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने करण केसीले तीन विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान एक/एक विकेट लिए ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रनको योगदान दिए । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);