मुम्बईमा सोनु निगममाथि कुटपिट | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

मुम्बईमा सोनु निगममाथि कुटपिट

एजेन्सी । भारतीय चर्चित गायक सोनु निगमलाई सोमबार चेम्बुर क्षेत्रमा एक कार्यक्रमको क्रममा शिवसेनाका सदस्यहरूले कुटपिट गरेका थिए। मिडिया रिपोर्टका अनुसार निगमले प्रदर्शन गरिरहेको बेला शिव सेना (यूबीटी) का स्थानीय विधायकका छोराले गायकको प्रबन्धकसँग दुर्व्यवहार गरेका हुन् ।

आक्रमणकारीले गायकका प्रबन्धकलाई स्टेजबाट ओर्लन भने र सोनु आउँदै गर्दा उनलाई धकेले । रिपोर्टका अनुसार उक्त व्यक्तिले सोनुको साथीलाई पनि धक्का दिएका थिए । दुवैलाई चोट लागेको छ । पछि इन्टरनेट मिडियामा एक भिडियो भाइरल भयो जसमा एक व्यक्तिले सोनू र उनको साथीलाई धकेलिरहेको देखिन्छ। घटनापछि सोनु निगमले आरोपीविरुद्ध एफआईआर दर्ता गरेका छन् ।

गायक लाई शिवसेना विधायक प्रकाश फाटेरपेकरका छोराले आक्रमण गरेका छन्। केही गम्भिर चोट लागेको र जेन अस्पताल चेम्बुर लगियो। मुम्बई प्रहरीले बलिउड गायक सोनु निगमसँग मुम्बईको एक कार्यक्रममा सेल्फी खिच्दा विवाद भएको जनाएको छ । झडपमा सोनुका एक सहयोगी पनि घाइते भएका छन् । निगम एक संगीत महोत्सवमा सहभागी हुन उपनगरीय चेम्बुुरमा गएको बेला राति ११ बजेतिर उक्त घटना भएको प्रहरी अधिकारीले बताए । कार्यक्रम स्थलबाट बाहिरिने क्रममा फ्यानहरूको एक समूह गायकसँग सेल्फी लिन पुगेपछि उनका दुई सहकर्मीले उनीहरूलाई रोक्न खोजे। यस पछि, सोनु निगमका दुबै सहयोगीहरूलाई प्रशंसकहरूले कुटपिट गरे, जसको परिणामस्वरूप उनीहरूमध्ये एकलाई सामान्य चोट लागेको थियो, अधिकारीले भने।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);