देश जोगाउन दल र राजसंस्थाबीच सहकार्य गरौं : पूर्वराजा ज्ञानेन्द्र शाह | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

देश जोगाउन दल र राजसंस्थाबीच सहकार्य गरौं : पूर्वराजा ज्ञानेन्द्र शाह

gyanendra

काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन राजनीतिक दल र राजसंस्थाले सहकार्य गर्नुपर्ने धारणा राख्नुभएको छ । देशको दिर्घकालिन शान्ति, स्थिरता र अन्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको उहाँको भनाइ छ ।

प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजाले देश अधोगतिमा जान लागेको भन्दै नेपालको अधोगतिप्रति अब मौन नबस्ने पनि स्पष्ट पारेका छन् । देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेको उहाँको टिप्पणी छ ।

जनताले चाहेको निर्णय स्वीकार गर्ने परम्परा र संस्कार आफ्नो वंशमा रहेको भन्दै उहाँले अहिले देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै उनले चिन्ता व्यक्त गर्नुभएको छ ।

देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुनहुने पूर्वराजाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको बताउनुभएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);