टर्कीमा फेरि शक्तिशाली भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

टर्कीमा फेरि शक्तिशाली भूकम्पको धक्का

एजेन्सी । टर्कीमा फेरि एक पटक शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीको मध्य क्षेत्रमा शनिबार ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्प १० किलोमिटर (६.२१ माइल) गहिराइमा थियो । यद्यपी भूकम्पपछिको जनधनको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

टर्की र सिरियामा हालै आएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या बढिरहेको छ । भूकम्पबाट टर्कीमा २ लाख ६४ हजार अपार्टमेन्ट ध्वस्त भएका छन् । त्यहाँ बस्ने लाखौं मानिसहरूमध्ये धेरै मारिएका, घाइते र बेपत्ता भएका छन्। लाखौं मानिसको ज्यान जोगिएको छ तर उनीहरुको सबैथोक गुमाएका छन् । धेरैले कडा चिसोमा आधारभूत सुविधाविहीन दिनहरु बिताइरहेका छन् ।

टर्की र सिरियामा २० लाख भन्दा बढी घरबारविहीनहरू अस्थायी आश्रयमा बसिरहेका छन् । टर्कीको भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार कार्य भइरहेको छ र अहिले राहत सामग्री आइपुगिरहेको छ तर सिरियाको अवस्था दयनीय छ। भूकम्पले त्यहाँको उत्तरपश्चिम क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । उक्त क्षेत्र विद्रोहीको नियन्त्रणमा रहेको र उनीहरूले प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न दिइरहेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);