महाशिवरात्रीमा देशभरका शिवालयमा उल्लास | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

महाशिवरात्रीमा देशभरका शिवालयमा उल्लास

काठमाडौं, ६ फागुन । आज महाशिवरात्री । देशभरका शिवालयहरुमा दर्शनार्थीको विहानै देखि घुइँचो लागेको छ ।

हरेक वर्ष फाल्गुनको कृष्ण चर्तुदशीमा पर्ने महाशिवरात्रीको विशेष सांस्कृतिक महत्व छ ।

पशुपतिनाथमा भक्तजनको ठूलो घुइँचो छ । शिवरात्रीमा देश तथा विदेशबाट आएका साधुसन्त तथा भक्तजनहरुको उल्लेख्य उपस्थिति देखिन्छ ।

पशुपतिनाथ विकास कोषले भक्तजनको भीडलाई दृष्टिगत गरी व्यवस्थापन मिलाएको छ ।

नेपाल प्रहरीले महाशिवरात्रिको सुरक्षामा एसपीको कमान्डमा ३५ सय प्रहरी परिचालन गरेको छ । भीडभाडलाई मध्यनजर गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले सवारी साधनलाई डाइभर्सन गर्ने प्रेस नोटमार्फत् जानकारी गराइसकेको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबार्ट डाइभर्सन गरिने प्रहरीले जनाएको छ । मालवहाक सवारी साधनहरुलाई तीनकुने, जोरपाटी, चुच्चेपार्टी, सिनामंगल र बसुन्धराबाट डाइभर्सन गरिने उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);