काठमाडौं, ५ फागुन । नायिका सुरक्षा पन्त यही फागुनमा विवाह बन्धनमा बाधिदैछिन् । पन्तले प्रेमी अभिनेता मानव सुवेदीसँग आगामी फागुन २५ गते विवाह गर्ने भएकी हुन् । सुरक्षा र मानवको विवाह चितवनमा परिवारको मात्र उपस्थितिमा हने जनाइएको छ ।
सुरक्षाको २०१५ मा ‘अझैपनि’ बाट अभिनय करियर सुरु भएको थियो । मानवले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका छन् । अहिले छोटो फिल्मको निर्देशनमा व्यस्त मानवको पुख्र्यौैली घर झापा हो । उनीहरुबीच ६ वर्ष देखि प्रेम झांगिएको थियो । सुरक्षा बौद्धिक अभिनेत्रीहरु मध्ये एक पर्छिन् ।