दोहोरो अंकले घट्यो नेप्से परिसूचक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से १.०१ प्रतिशतले घट्दा २१.१५ अंकको गिरावट आएको हो । आज नेप्से परिसुचक २०७०.४१ बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार नेप्से परिसूचकसँगै अघिल्लो दिनको तुलनामा घटेको छ । आज १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँको कारोबार भएको भएको छ ।

बिहीबार सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सर्वाधिक ७.६५ प्रतिशतले बढेको छ । यस्तै, राप्ति हाइड्रोको सेयर मूल्य ५.२३ प्रतिशतले बढेको छ ।

सर्वाधिक मूल्य घट्नेमा युनिलिभर नेपाल रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.९१ प्रतिशतले घटेको छ । आज हिमालयन डिष्लिरीको सर्वाधिक कारोबार भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);