मोवाइल लुटपाटमा चालक र सहचालकको सम्लग्नता रहेको खुलाशा | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

मोवाइल लुटपाटमा चालक र सहचालकको सम्लग्नता रहेको खुलाशा

mobile

काठमाडौं, ४ फागुन । सोमबार ल्होत्से मलमा भएको मोबाइल पसल लुटपाटमा बसका चालक र सहचालक नै सम्लग्न भएको पाइएको छ । तोडफोडमा सम्लग्न भएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा मलका पसलहरु फोडेर चोरी गरिरहेको देखिएका तीनै व्यक्तिहरुलाई नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अझै थप अनुसन्धान भइरहेको छ । केहीलाई त चोर्दै गरेको अवस्थामा सुरक्षागार्डले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थिए । सामाजिक सञ्जालमा भाइरल भएका भिडियोको आधारमा अनुसन्धान अघि बढीरहेको छ । यातायात व्यवसायीहरुको आन्दोलनको मौका छोपर एक समुहले मलका पसलहरु फोडेर लटुपाट गरेका थिए ।

Leave a Reply