८ खेलमा अपराजित नेपालको नवौं खेलमा लज्जास्पद हार | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

८ खेलमा अपराजित नेपालको नवौं खेलमा लज्जास्पद हार

एसिया कप छनौट फुटबलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित, हार सँगै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको अपराजित यात्रा टुंगियो

८ खेलमा अपराजित नेपालको नवौं खेलमा लज्जास्पद हार

काठमाडौं । एसिया कप छनौट फुटबल अन्तर्गतको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको छ ।

मंगलबार फिलिपिन्ससँगको हारपछि पछिल्ला ८ खेलमा अपराजित रहेको नेपालको विजयी यात्रामा ब्रेक लागेको छ ।

मनिलाको रिजल मेमोरियल रंगशालामा भएको खेलमा २१ औँ मिनेटमा फिलिपिन्सले अग्रता बनाएको थियो । रबिन श्रेष्ठले डिबक्स भित्र फल गरेपछि फिलिपिन्सले पाएको पेनाल्टी सदुपयोग गरेको हो ।

यसअघि १३ औँ मिनेटमा डिबक्स भित्र बिक्रम लामाको ह्याण्ट बल भएपछि फिलिपिन्सले प्रहार गरेको पेनाल्टी गोलकिपर किरण चेमजोङले जोगाएका थिए ।

तर बिक्रम लामा रेड कार्ड पाएर बाहिरिनु नेपालका लागि घातक साबित भयो । पहिलो गोलको लगत्तै २३ औँ मिनेटमा अर्को फिलिपिन्सले अर्को गोल गरेको थियो । २८ औँ मिनेटमा फिलिपिन्सले तेस्रो गोल गर्यो ।

अञ्जन बिष्टको स्थानमा २९ औँ मिनेटमा मैदान प्रवेश गरेका विशाल राईले पहिलो हाफको अन्तिममा एक गोल गरे । खेलको ७२ औँ मिनेटमा फिलिपिन्सले चौथो गोल गर्यो ।

एएफसी सोलिडारिटी कपको उपाधि जितेकाले नेपालले एसिया कप छनौट खेल्ने अवसर पाएको हो । फिफा वरियतामा नेपाल एक सय ७० तथा फिलिपिन्स एक सय २४ औं स्थानमा छन् ।

मंगलबारसहित फिलिपिन्ससँगका पछिल्ला चार खेलमा नेपाल पराजित भएको छ । नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन् ।

नेपालले होम एण्ड अवे पद्धति अनुसार यी ३ देशसँग ६ खेल खेल्ने छ । समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);