बिसांतर शाक्य \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, ३ फाल्गुन। ललितपुर महानगरपालिकाको वडा १६ स्थित लोकाकीर्ति महाविहारमा एउटै काष्ठपत्रमा बुद्धजीवनी उतारिएको छ । यस्तो कलाकृति नेपालमा अन्त कहीँ छैन । भगवान बुद्धको जीवनीलाई क्रमबद्ध रुपमा पंक्ति मिलाएर कलापूर्ण तवरले कुँदिएको काष्ठकला महाविहारको प्रवेश द्धारको माथिल्लो भागमा रहेको पश्चिमाभूमी कोटा झयालको झल्लरको रुपमा रहेको छ ।
यसलाई १५ औं शताब्दिको उत्कृष्ट कलाको नमुना मानिन्छ ।