काठमाडौं, ३ फागुन । तत्कालीन नेकपा माओवादीमा लागेका थिए सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं ५ का नाङ्गेडाँडाका मीनकुमार दाहाल, पवन दाहाल र देवीप्रसाद दाहाल । सशस्त्र गतिविधिका क्रममा उनीहरुको ज्यान गएको थियो ।
तीनैजना छोरा गुमाएकी सीता दाहालले बाचुञ्जेल निकै पीडा भोगिन् । तीनैजना छोरा गुमाएकी उनका तीन छोरी गायत्री दाहाल, मीरा दाहाल र हीरा दाहाल छन््् । उनी कान्छी छोरी हीरासँग बस्दै आएकी थिइन् ।
श्वासप्रश्वासको समस्याका कारण कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचाररत थिइन् । उनको फागुन १ गते निधन भयो । आजभन्दा २७ वर्ष अघि यसै दिन माओवादीले जनयुद्ध नाम दिएर सशस्त्र गतिविधि सुरु गरेको थियो । सीता दाहालप्रति विप्लवबाट अलग्गिएर बनेको नेपाल कम्युनिस्ट पार्टी बहुमतले श्रद्धाञ्जली व्यक्त गरेको छ ।