पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो, २ जनाको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो, २ जनाको अवस्था गम्भिर

काठमाडौं, ३ फागुन । मुस्ताङको जोमसोङबाट पोखराका लागि यात्रु बोकेर हिडेको बस कालीगण्डकी खोलामा खस्दा १७ जना घाइते भएका छन् । बा७ख ७४४० नम्बरको बस थासाङ गाउँपालिकाको धम्पुमा सडकबाट खोलामा खस्दा दुई भारतीयसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार बसमा सवार सबै घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । बस करिब ४५ मिटर सडकबाट तल खसेको थियो । बस सिधै पानीमा खसेको हुनाले धेरै क्षति हुन नपाएको हो ।

१४ जना घाइतेलाई उपचारको लागि पोखरा पठाइसकेको छ भने सामान्य घाइतेको लेते प्राथमिक स्वास्थ्य केन्द्र मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);