भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्धारा २० जना सहसचिवको सरुवा | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्धारा २० जना सहसचिवको सरुवा

काठमाडौं, ३ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० जना सहसचिवको सरुवा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर सहसचिवहरुको सरुवा, पदस्थापन र काज गरेका हुन् ।

सरुवा हुनेहरुमा सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशक रहेका छन् । अर्जुनजंग थापालाई मन्त्रालयमा तानिएको छ भने विभागको महानिर्देशकमा सुशीलबाबु ढकाललाई तानिएको छ । विभागको उपमहानिर्देशकको जिम्मेवारीमा रामहरी पोखरललाई निरन्तरता दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);