काठमाडौं । नेकपा एमालेका अध्यक्ष र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न क्वात्रा सोमबार साँझ बालकोट पुग्नुभएको थियो ।
परराष्ट्रसचिव पौडेलको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुग्नुभएका क्वात्रा काठमाडौं आए लगत्तै दुई देशबीचको सचिवस्तरीय बैठकमा सहभागी हुनु भएको हो ।
सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुने बताइएको छ ।
सचिव स्तरीय बैठकपछि आजै उहाँले पराराष्ट्र मन्त्रीसँग भेटवार्ता गर्नु भएको थियो ।
विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्नुहुनेछ भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।