काठमाडौं । झापाको मेचीपुलबाट सुरु गरिएको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित देखिनुभएको छ ।
एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा भएको महाअभियानमा पूर्वराजा सहित परिवारका सदस्य सहभागी हुनुभएको हो ।
यहि अभियानमा सहभागि हुन पूर्वराजपरिवारका सदस्य आजै काँकडभित्ता पुग्नुभएको थियो ।
कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गर्नुभएन् ।