आज र भोलीमा क्वात्राले क–कसलाई भेट्दैछन् | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

आज र भोलीमा क्वात्राले क–कसलाई भेट्दैछन्

काठमाडौं । नेपाल—भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु भएको छ ।

बैठक सोमवार मध्यान्ह काठमाडौंस्थित एक होटलमा शुरु भएको हो । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासहित मन्त्रालयका कर्मचारीहरु सहभागी हुनुहुन्छ । परराष्ट्रसचिव पौडेलको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुग्नुभएका क्वात्रा काठमाडौं आए लगत्तै दुई देशबीचको सचिवस्तरीय बैठकमा सहभगी बन्नुभएको हो । सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुने बताइएको छ ।

सचिव स्तरीय बैठकपछि आजै पराराष्ट्र मन्त्रालयले उहाँको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनुहुनेछ । भोजपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्वि–पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुहुनेछ ।

सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्नुहुने भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);