यी हुन् सेना दिवसमा निम्तो पाउने भारतका पूर्वसेनापति | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

यी हुन् सेना दिवसमा निम्तो पाउने भारतका पूर्वसेनापति

काठमाडौं, १ फागुन । नेपाली सेनाले सेना दिवसमा भारतका पूर्व सेनापतिहरुलाई निम्तो पठाएको छ । निम्तो पाउनेहरु नेपाली सेनाको मानार्थ महारथीको पदवी पाइसकेकाहरु छन् ।

नेपाली सेनाका सेनापतिले भारतको र भारतका सेनाध्यक्षले नेपालको मानार्थ महारथीको पदवी पाउने परम्परा रहँदै आएको छ । जस अनुसार बहालवाला भारतीय सेनाध्यक्ष मनोज पाण्डेले पनि उक्त पदवी लिइसकेका छन् । उनलाई पनि सेनाले निम्तो गरेको छ ।

सेना दिवसमा निम्तो पाउनेहरुमा भारतका पूर्वसेनापतिहरु विश्व नाथ शर्मा, शंकर रोय चौधरी, वेद प्रकाश मलिक, सुन्दराराजन पद्मानाभन, निर्मल चण्डेर विज, जोगिन्दर जसवन्त सिंह, दिपक कपूर, विजय कुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोज मुकुन्द नरवाणे छन् ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले निम्तो पठाइएको र को को आउनेबारे बताएनन् ।-File Photo

Leave a Reply