चितवन-२ मा वैशाख १० गते चुनाव, रवि लामिछानेको के होला | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

चितवन-२ मा वैशाख १० गते चुनाव, रवि लामिछानेको के होला

काठमाडौं, २९ माघ । चितवन-२ मा वैशाख १० गते उपनिर्वाचनको मिति तय भएसँगै चासो बढेको छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले जितेपनि नागरिकता विवादले सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका थिए ।

रविको चुनावी क्षेत्रमा उनी नै रास्वपाबाट उम्मेदवार बन्ने निश्चितप्रायः छ । तर, उनीमाथि राहदानीको उजुरी परेर अनुसन्धान चलिरहेको छ । रवि भने चुनाव जित्नेमा ढुक्क छन् ।

चितवन-२ बाट नेपाली काँग्रेस र नेकपा एमालेबाट पनि उम्मेदवार बन्नेको दौड चलिसकेको छ । यसअघि रविसँग पराजित भएकाहरुको दाबी रहेपनि गठबन्धन र नयाँ राजनीतिक घटनाक्रमले परिस्थिति बदलिन सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);