स्मार्ट सिटीको सूचक तयार पार्दै आयोग | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

स्मार्ट सिटीको सूचक तयार पार्दै आयोग

काठमाडौं,१४ पुस।मुलुकभर १० वटा स्मार्ट सिटी बनाउने घोषणालाई सार्थक बनाउन राष्ट्रिय योजना आयोगले त्यसको सूचक तयार पारेको छ । सहरी पूर्वाधार विकास हेर्ने आयोगका सदस्य डा। सुनीलबाबु श्रेष्ठले स्मार्ट सिटीमा स्मार्ट शासन, स्मार्ट पूर्वाधार, स्मार्ट अर्थ व्यवस्था र स्मार्ट जनता हुने गरी सूचक तयार पारेको जानकारी दिए ।

‘स्मार्ट जनतामा समावेशीकरण, शिक्षा, स्वास्थ्य, सिर्जनशीलता र सुरक्षा पर्नेछ भने स्मार्ट शासनमा सूचना प्रविधि पूर्वाधार, अनलाइन सेवा, पारदर्शी र खुला सरकार तथा पहिचान छन्ु, उनले अन्नपूर्णसँग भने, ‘स्मार्ट अर्थव्यवस्थामा नवीन उद्यमशीलता, उत्पादनशीलता र रोजगारी सिर्जना, हरित व्यवसाय हुनेछ भने स्मार्ट पूर्वाधारमा भौतिक पूर्वाधार ९यातायात, ऊर्जा, आवास तथा भवन०, सहरी सेवा(सुविधाका पूर्वाधार, सामाजिक पूर्वाधार, हरित पूर्वाधार र सुरक्षा पूर्वाधारको विकास गरिनेछ ।ु

आयोगले चार वटा विषय र क्षेत्रलाई स्मार्ट बनाउन तयार पारेका यी प्रत्येक सूचकभित्र के(के गर्ने भन्ने पनि विस्तृत खाका तयार पारिसकेको छ । सरकारले आर्थिक वर्ष ०७३÷७४ मा गोरखाको पालुङटार, लुम्बिनी, स्याङ्जाको वालिङ र डडेल्धुरालगायत १० वटा सहरलाई अत्याधुनिक र समृद्ध स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । अन्य देशमा स्मार्ट सिटी प्रयोगमा आइसके पनि नेपालमा हालसम्म त्यसको आधिकारिक व्याख्या र अवधारणा आएको छैन ।

सामान्यत स् स्मार्ट सिटीमा वातावरणीय एवं सेवा(सुविधाको दिगोपन ९सस्टेनेबल०, उपलब्ध सेवा(सुविधा मापन गर्न सकिने ९मेजरेबल०, सेवा र सुविधामा जनताको समावेशी र समन्यायिक पहुँच हुने ९एक्सेसेबल०, विशेषता अनुसरण गर्न लायक हुने ९रेप्लिकेबल० र प्राविधिक विकासको प्रयोग गर्ने ९टेक्निकल० विषय पर्छन् । अब बन्ने १० वटा स्मार्ट सिटीका नागरिकले उच्च गतिको इन्टरनेट प्रयोगसँगै सार्वजनिक स्थलमा वाईफाई हटस्पटको सुविधा पाउनेछन् । उनीहरूले सार्वजनिक क्षेत्र र सडकका दोबाटो÷चौबाटोमा डिजिटल सूचना बोर्डदेखि मोबाइलमै सार्वजनिक निकायका सूचना पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);