काठमाडौं, २९ माघ । चिकित्सकलाई गरिएको कुटपिटपछि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारी वार्ता टोलीबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सरकारका प्रतिनिधि र नेपाल चिकित्सक संघका प्रतिनिधिबीच वार्ता सुरु भएको हो । सरकारको पक्षबाट सचिव पाण्डेले नेतृत्व गरेका छन् भने चिकित्सक तर्फ संघका अध्यक्ष डा.लोचन कार्कीले गरेका छन् ।
दुई पक्षबीच चिकित्सकहरुको सुरक्षा र भिभिआइपीका सवारीका विषयमा केन्द्रीत रहेर छलफल भइरहेको बुझिएको छ । माग पुरा भए अहिले नै आन्दोलन फिर्ता लिने चिकित्सकहरुको भनाइ छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा हिड्ने क्रममा नेपाल ट्रमा सेन्टरमा कार्यरत डा.जनिथलाल सिंहमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । उनको टाउको र हातमा चोट लागेको छ । उनलाई ट्रमा सेन्टरको आइसीयुमा अब्जरभेसनमा राखिएको छ ।