भारतिय विदेश सचिव क्वात्रा नेपालको औपचारिक भ्रमणमा आउँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

भारतिय विदेश सचिव क्वात्रा नेपालको औपचारिक भ्रमणमा आउँदै

काठमाडौं । भारतका विदेश सचिव विनय मोहन क्वात्राले नेपालको औपचारिक भ्रमण गर्ने हुनुभएको छ ।

नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा फाल्गुण १ देखि ३ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको बताइएको छ ।

भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ ।

यस भ्रमणले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);