माओवादीले नाम र चुनाव चिन्ह परिवर्तत गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

माओवादीले नाम र चुनाव चिन्ह परिवर्तत गर्दै

काठमाडौं, २७ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तनको प्रस्तावको अघि बढाएको छ । गत माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी कमिटिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो प्रस्ताव राखेका थिए ।

पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रचण्डको प्रस्तावलाई स्थायी कमिटीले पारित गरेको छ भने अब सो प्रस्तावलाई केन्द्रीय समितिको बैठकमा राखिने स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले आफ्नो पार्टीसँग डा.बाबुराम भट्टराई नेतृत्वको समाजवादी केन्द्र बनाउने तयारी गरेको छ । माओवादीले वाम कम्युनिष्ट एकताको लागि कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली नै गठन गरेको छ । डा.भट्टराईले माओवादीसँगको एकताका लागि पार्टीको नाम परिवर्तन गर्नुपर्ने अडान लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);