सिरिया र टर्कीमा भुकम्पमा परी १५ हजारको मृत्यु, तीन लाख घरबारविहीन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

सिरिया र टर्कीमा भुकम्पमा परी १५ हजारको मृत्यु, तीन लाख घरबारविहीन

एजेन्सी । टर्की र सिरियामा फेब्रुअरी ६ मा बिहान ३ वटा ठूलो भूकम्प गएको थियो । जसमा ४० हजारभन्दा बढी घाइते भएको समाचार प्राप्त भएको छ । टर्की र सिरियामा सोमबार गएका ३ वटा ठूला भूकम्पले ठूलो क्षति पु¥याएको छ ।

एएफपी समाचारका अनुसार दुवै देशमा मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । घाइतेको संख्या ४० हजार नजिक पुगेको छ । डब्ल्यूएचओ र संयुक्त राष्ट्र लगायत विश्वका ७० भन्दा बढी देश सहयोगका लागि अगाडि आएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सिरियामा ३ लाख मानिस घर छाड्न बाध्य भएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले भूकम्पप्रति आफ्नो सरकारको प्रारम्भिक प्रतिक्रिया त्रुटिपूर्ण रहेको स्वीकार गरेका छन् । भूकम्पपछि धेरै क्षेत्रका बासिन्दाले उद्धारकर्मी ढिलो पुग्नुका साथै समयमा राहत सामग्री नपाएको गुनासो गर्दै सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए ।

यसैबीच टर्कीमा ट्वीटर ब्लक गरिएको छ । वास्तवमा टर्की सरकारले गत वर्ष अक्टोबरमा सामाजिक सञ्जालमा हुने प्रचारविरुद्धको विधेयक पारित गरेको थियो। देशमा आपत्तिजनक पोस्ट गरेको आरोपमा हालसम्म १८ जना पक्राउ परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);