जासुसी बेलुनले चिसियो चीन–अमेरिका सम्बन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जासुसी बेलुनले चिसियो चीन–अमेरिका सम्बन्ध

china-usa

एजेन्सी । चीनले उडाएका जासुसी बेलुन अमेरिकाले खसाइदिएपछि दुई देशबीचको सम्बन्ध फेरी चिसिएको छ ।

चीनको जासू्रसी बेलुन अमेरिकाले खसालेको घटनापछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले चीन भ्रमण रद्द गर्नुभएको छ भने दुई देशबीच रक्षा मन्त्रीस्तरीय वार्तासमेत अनिश्चित भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता पेट राइडरले रक्षामन्त्रीस्तरीय वार्ताको प्रस्ताव चीनले अस्वीकार गरेको जानकारी दिनु भएको छ ।

यस प्रकारको स्थितिमा दुवै देशबीच सम्वादको ढोका खुला राख्नुपर्छ भन्दै अमेरिकी रक्षा मन्त्रालयले चीनमा टेलिफोन गरी वार्ता प्रस्ताव राखेको दाबी गरेको छ । तर चीनले वार्ता गर्न नमानेको अमेरीको भनाइ छ । गत शनिबार चिनियाँ बेलुन उड्दै अमेरिकाको क्षेत्रमा पुगेपछि अमेरिकी सेनाले लडाकू विमानको सहयोगमा ती बेलुन खसालेका थिए ।

चीनले ती बेलुन मौसमको जानकारी लिनका लागि उडाइएको तर भुलबस अमेरिकी आकाशमा पुगेको भनि रहेको छ । ती बेलुन खसालेर अमेरीकाले यो विषयवस्तुलाई अतिरञ्जित बनाउन खोजेको चीनको गुनासो छ । चिनियाँ विदेश मन्त्रालयले यसप्रति खेद व्यक्त गरिेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);