काठमाडौं,१३ पुस । विवेकशील साझा पार्टीले प्रदेश ३ को समानुपनतिकतर्फ ३ सदस्य सिफारिस गरेको छ ।
विकशील साझाको बैठकले केन्द्रीय संयोजन समिति सदस्य रमेश पौडेलको नेतृत्वमा तीन सदस्य पठाउने निर्णय गरेको हो । पौडेलसँगै शोभा शाक्य र विराजभक्त श्रेष्ठलाई प्रदेशसभा सदस्य सिफारिस गरिएको हो ।