ताप्लेजुङमा बढ्यो न्यानो कपडा र सिरक डसनाको कारोबार | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

ताप्लेजुङमा बढ्यो न्यानो कपडा र सिरक डसनाको कारोबार

ताप्लेजुङ,१३ पुस । जाडो महिना सुरु भएसँगै ताप्लेजुङमा न्यानो कपडा र सिरक–डसनाको कारोबारमा वृद्धि भएको छ ।

जोडोमा प्रयोग गरिने सिरक डसनाको व्यापार बढ्न थालेपछि ताप्लेजुङका व्यापारीहरुलाई दिनहुँजसो नयाँ तथा पुराना सिरक डसना बनाउन भ्याइनभ्याई भएको छ ।

व्यापारीहरुले डस्नाका लागि पुराना फाटेका थोत्रा कपडालाई मेसिनमा पेलेर कपास बनाउने गरेका छन् भने सिरकको लागि नेपालमै उत्पादित कपासको प्रयोग गर्दै आएका छन् ।

केही कपास भने भारतबाट समेत आयात गर्ने गर्दछन् । एउटा सिरक बन्नका लागि ४ देखि ५ किलोसम्म कपास लाग्ने भए पनि ग्राहकको माग अनुसारको सिरक डसना बनाउने गरेको व्यापारीहरु बताउँछन् ।

व्यापारीका अनुसार, एक जोर डस्ना र सिरकको खोलसहित १ हजारदेखि ४ हजार रुपैयाँसम्म पर्ने गरेको छ । विगतको समयमा देशका विभिन्न ठाउँदेखि भारतबाट आयात गर्नुपर्ने सिरक एवं डसना अहिले व्यापारीहरुले घर–घरमै बिक्री वितरण गर्न थालेका छन् ।