अबदेखि नेपाल एयरलाइन्सको टिकट ई–सेवाबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अबदेखि नेपाल एयरलाइन्सको टिकट ई–सेवाबाट

nepal-air

काठमाडौं, २० माघ । अबदेखि नेपाल एयरलाइन्सको टिकट ई–सेवाबाट काट्न सकिने भएको छ । वायुसेना निगमले यात्रुको सहजताको लागि ई–सेवामार्फत नेपाल एयरलाइन्सको टिकट काट्न सकिने व्यवस्था गरेको हो ।

यात्रुहरुले एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सक्नेछन् । ई–सेवाबाट दिने टिकटको लागि एयरलाइन्सले अन्तर्राष्ट्रिय र डोमेस्टिक यात्रुका लागि छुट्टाछुट्टै सिस्टम बनाएको छ ।

एयरलाइन्सले डोमेस्टिक उडानका लागि भोजपुर, दाङ, इलाम, काठमाडौँ, फाप्लु, ताप्लेजुङ, बाजुरा, डोल्पा, जुम्ला, खानिडाँडा, नेपालगन्ज, रुकुम, सिमकोट, ताल्चा, धामकर्ख विमानस्थलका लागि टिकट उपलब्ध गराएको छ ।

त्यसै गरी अन्तर्राष्ट्रिय चीन, भारत, जापान, मलेसिया, कतार, साउदी अरविया, थाङल्याण्ड, युएइका लागि टिकट उपलब्ध गराएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);