काठमाडौं,१३ पुस। राष्ट्रिय जनता पार्टी राजपा नेपालले २ नम्बर प्रदेशमा आफू र संघीय समाजवादी फोरम नेपाल गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । यी दुई दल २ नम्बर प्रदेशमा गठबन्धन बनाएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन लडेका थिए ।
राजपा राजनीतिक समितिको बुधबारको बैठकले फोरमसँग मिलेर सरकार गठन गर्न अघि बढ्ने निर्णय गरेको हो । बैठकले संघीय फोरमसँग निर्वाचनमा भएको सहकार्यलाई प्रदेश सरकार गठनमा पनि निरन्तरता दिने निर्णय लिएको छ । ‘दुई नम्बर प्रदेशमा मधेस सरकार गठन गर्न अघि बढ्ने निर्णय गरेका छौं। बैठकपछि राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले नागरिकसँग भने । बैठकले राष्ट्रियसभा निर्वाचनका लागि एकल संक्रमणीय निर्वाचन प्रणालीका पक्षमा पार्टीलाई उभ्याउने निर्णय पनि गरेको छ । सरकारले एकल संक्रमणीय प्रणालिका आधारमा राष्ट्रियसभा गठन गर्ने प्रावधान राखेर ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएको छ । बैठकले राष्ट्रपतिले सरकारले स्वीकृतिका लागि पेस गरेको सो अध्यादेश रोक्न नहुने निष्कर्ष पनि निकालेको छ । समावेशी सिद्धान्त कार्यान्वयन गर्न पार्टी एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा उभिएको जानकारी
प्रदेश २ मा सरकार बनाउन पहल गर्ने राजपाको पहल
ताजा समाचार
डलरको भाउ अहिलेसम्मकै उच्च
५७ मिनेट अघि
सभामुख घिमिरे आज राति कम्बोडिया जाने
१ घन्टा अघि