काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुधन किराती र नेपालका लागि फ्रान्सेली राजदूत महामहिम एच.ई. गिल्स बोरबाओ बीच शिष्टाचार भेट भएको छ ।
मन्त्री किरातीलाई भेट्न राजदुत बोरबाओ सिंहदरबार स्थित मन्त्रालय पुग्नुभएको थियो ।
भेटमा यूरोपियन युनियनले नेपाली हवाई आकाशलाई कालो सूचीबाट हटाउन आवश्यक पहलका निम्ति अनुरोध गरिएको बताइएको छ । साथै नेपालबाट हराएका पुरातात्विक महत्व बोकेको मूर्ति फ्रान्सका संग्रहालयमा रहेका भन्ने विषयमा नेपाल ल्याउने पहलका लागि पनि छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ । नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका समसायिक विषयमा समेत छलफल भएको बताइएको छ ।
भेटमा सचिव र पराराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति रहेको थियो ।