राजनीतिक गतिरोध अन्त्यका लागि के गर्दै छ एमाले ? | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

राजनीतिक गतिरोध अन्त्यका लागि के गर्दै छ एमाले ?

टिप्पणी –

काठमाडौं, १२ पुस । प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट जनताले एमालेलाई सबैभन्दा ठूलो दलको हैसियत दिएका छन् । तर, निर्वाचनपछिको गतिरोध अन्त्यका लागि एमालेको भूमिका प्रभावकारी देखिएको छैन ।

निर्वाचनअघि मतदातासँग गरेको बाचाअनुसार माओवादी केन्द्रसँग पार्टी एकता, नयाँ सरकार गठनलगायतका विषयमा सहमतिका लागि एमाले के गर्दैछ त ?

जनादेशअनुसार अब मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमाले नै हो । जो ठूलो दल हुन्छ, देशमा व्याप्त समस्या र विवाद समाधानमा उसको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।

तर, नेकपा एमालेले जारी गतिरोध अन्त्यका लागि अग्रसरता देखाएको छैन । अझै निर्वाचनअघि सानोतिनो कुरामा किचकिच गर्ने बानीको धङधगिले उसलाई छाडेको देखिँदैन ।

निर्वाचनअघि वाम गठबन्धन बनाएर एमालेले माओवादीसँग पार्टी एकता, स्थिर सरकार र समृद्धिको यात्रा भन्दै भोट मागेको थियो । दशक लामो राजनीतिक संक्रमण झेलेका मतदाताले पनि उसलाई विश्वास गरे । तर, अहिले निर्वाचनअघि गरेका ती बाचा कार्यान्वयनमा एमाले उदाशीनजस्तै देखिएको छ ।

किनकि, अहिलेसम्म एमालेले आफ्नो नेतृत्वमा पार्टी एकता, सरकार गठनलगायतका विषयमा सहमतिका लागि कुनै औपचारीक छलफल चलाएको छैन । बरु एमालेले राष्ट्रपतिसमक्ष पुगेर रोकिएको अध्यादेशबारे च्याँखे थापेर गतिरोध लम्ब्याउने काम गरिरहेको विश्लेषकहरु बताउँछन् ।

मुलुकलाई समृद्ध बनाउने अभियानको नेतृत्व गर्ने अवसर पाएको दललाई निर्वाचनपछि देखिएका सामान्य चुनौती हल गर्न नै सकस परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);