बैंकहरुको मुनाफा सन्तोषजनक भएपनि केही लगानीकर्ताको मुनाफा भने सन्तोशजनक हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८१, मंगलबार

बैंकहरुको मुनाफा सन्तोषजनक भएपनि केही लगानीकर्ताको मुनाफा भने सन्तोशजनक हुन सकेन

bank

काठमाडौं,१२ पुस। बैँक तथा वित्तिय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय बिवरण कात्तिक १५ गते भित्र सार्वजानिक गर्नु पर्ने राष्ट्र बैकको निर्देशन थियो । तर हाल सम्म २३ वटा वाणिज्य बैकहरुले मात्र विवरण सार्वजानीक गरेका छन् । सार्वजनिक विवरणअनुसार, केही बैंकहरुको मुनाफा सन्तोषजनक भएपनि केही बैंकले लगानीकर्तालाई निराश बनाएका छन् ।

 

बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । हालसम्म २३ वटा बैंकले विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार, केही बैंकहरुको मुनाफा सन्तोषजनक भएपनि केही बैंकले लगानीकर्तालाई निराश बनाएका छन् । वित्तीय विवरण सार्वजनिक भइसकेका २३ वटा बैंकमध्ये, १३ वटा कम्पनीको नाफा बढेको छ भने १० वटा बैंकको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै खुद मुनाफा गरेको छ । बैंकले ८९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण प्रस्तुत गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ७४ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमासको वित्तीय विवरणअनुसार, नविल बैंकले ८५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नविलले ७९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले तीन महिनामा ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा खुद मुनाफामा सबैभन्दा धेरै प्रगति सिभिल बैंकले हासिल गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिलले जम्मा एक करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पहिलो त्रैमासमा अन्य नौ वटा बैंकहरुले पनि खुद मुनाफा बढाएका छन् । खुद मुनाफा बढाउने बैंकहरुमा एभरेष्ट बैंक, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, माछापुच्र्छे बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी बैंक र जनता बैंकको नाफा बढेको छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासको बिवरण सार्वजानीक गर्ने क्रममा केही बैंकहरुले आफ्नो बैंकको नाफामा गिरावट भएको बिवरण पनि सार्वजानिक गरिरहेका छन् । जसमा १० वटा बैंकले खुद मुनाफा घटेको बिवरण सार्वजानीक गरेका छन् । नाफा घटेका बैंकहरु मेगा बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंक हुन् ।

पहिलो त्रैमासमा मेगा बैंकको प्रदर्शन भने अत्यन्तै दयनीय देखिएको छ । बैंकले पहिलो त्रैमासमा जम्मा आठ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगा बैंकले १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);