सर्वोच्चको फैसलाले रविलाई झट्का, अब के होला | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

सर्वोच्चको फैसलाले रविलाई झट्का, अब के होला

आशिष रेग्मी

काठमाडौं । चितवन क्षेत्र २ बाट शानदार जित निकालेर राजनीतिमा उदायका रविलाई नागरिकताको विषयमा सर्वोच्च अदालतले दिएको फैसलाले झट्का दिएको छ ।

उनी उत्साहका साथ राजनीतिमा बढ्न खोजेपनि ऐन कानुन र नियम भन्दा मौखिक र स्टन्ट बाजी मै केन्द्रित हुँदा गरेको गल्तीबाट आफुले प्राप्त गरेको पद गुमाउन पुगेका छन् । यो सँगै उनको राजनीतिक भविस्य के हुने भन्ने विश्लेषणहरु हुन थालेका छन् ।

रविको मुद्दामा सर्वोच्चको फैसला अनपेक्षीत थिएन् । उनले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता प्राप्त गर्ने कानुनी प्रक्रिया पुरा गरेका थिएनन् । जसका कारण उनले प्राप्त गरेको महत्वपूर्ण पदहरु नै गुमाउन पुगे । पार्टीको जन्म भएको ६ महिनामा चुनाव लडेर प्रतिनिधी सभामा २० सिट जित्नुु नेपाली राजनीतिमा सामान्य घटना थिएन् ।

उनले नेपाली जनतामा प्रमुख दलमाथिको वितृष्णालाई आफ्नो राजनीतिक लाभमा ढाल्न सफल भएका थिए । यतिसम्म की मुख्य दलहरुका शिर्ष नेताहरुको शक्ती संघर्षका क्रममा उनले ठूलै फाइदा लिन सके । उपप्रधानमन्त्री सहित गृहमन्त्रालय प्राप्त गर्न सफल रविले आफ्नै पार्टीका इन्दिरा राणा मगरलाई उपसभामुख पद समेत दिलाए ।

रवि मन्त्री भएपछि पनि लोकप्रियता पाउने गतिबिधिमा संलग्न भइसकेका थिए । उनले गाली र ताली दुबै पाइरहेका थिए । अब रविको सबै पद खारेज भएको छ । तर, उनी राजनीति फेरी आक्रामक रुपमा बढ्ने संकेतहरु देखिसकेको छ । सर्वोच्चको फैसला आफ्नो पक्षमा नआउने संकेत पाइसकेका लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारसँगको भेटमा शुक्रबार दिउँसै आफु पदमा नरहेपनि न्याय दिलाउने आश्वाशन दिएका थिए ।

रविले बिगतमा पनि विवादमा परेर राजनीतिक लाभ लिएका थिए । यो घटनाले पनि उनले राजनीतिक लाभ नलेलान भन्न सकिन्न । रविले प्रक्रियागत रुपमा नागरिकता पुनःप्राप्ती गरेर निर्वाचन लड्न सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);