काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता मुद्दाको अन्तिम सुनुवाई सुरु भएको छ ।
गत माघ ११ गते संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो ।
दुवैतर्फका वकिलहरुको बहस सकिएपछि यो विवादमा आजै सर्वोच्चले निर्णय दिने सम्भावना रहेको छ ।
अमेरिका हुँदा त्यहाँको नागरिकता लिएका लामिछाने नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि त्यहाँको नागरिकता त्यागेका थिए ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भनीे सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा परेको हो ।